• ट्रेण्डिङ्ग :
रविलाई बुटवलमा उपस्थित गराउन प्रहरीको पत्राचार

रविलाई बुटवलमा उपस्थित गराउन प्रहरीको पत्राचार


  • 3.1K
    SHARES
    • कार्तिक १९, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    रविलाई बुटवलमा उपस्थित गराउन प्रहरीको पत्राचार

    काठमाडौं, १९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको आरोपमा अनुसन्धानका लागि प्रहरीले बुटवल लग्ने तयारी गरेको छ । कास्की हिरासतमा समय बिताइरहेका उनलाई बुटवल लग्ने तयारी गरिएको हो ।

    images

    कास्कीमा म्याद थप नभएमा, लामिछानेलाई मंगलबार बुटवल पठाइने तयारी भइरहेको छ भने म्याद थप भएमा छठ पर्वपछि मात्र रूपन्देही लगिनेछ । रुपन्देही जिल्ला अदालतले सुप्रिम ऋण तथा बचत सहकारी संस्थाका १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा खर्च गरिएको आरोपमा लामिछानेसहित १२ जनालाई पक्राउ अनुमति दिएको थियो ।

    प्रहरी प्रतिवेदनअनुसार, लामिछानेले १ करोड ९६ लाख रुपैयाँ आफ्नो नाममा र अन्य रकम गोर्खा मिडिया नेटवर्कमार्फत लिएका थिए । अनुसन्धान प्रतिवेदनका अनुसार, लामिछाने र गोरखा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेले सहकारीबाट ठूलो रकम ऋण लिएको देखिएको छ ।

    यस विषयमा अदालतबाट अनुमति लिएर उनीहरूको बयान समेत लिइसकिएको छ । लामिछानेले सुप्रिम सहकारीबाट २ करोड ऋण लिएको खुल्न आएको छ, जसमा सेवा शुल्क कटौती गरी १ करोड ९६ लाख प्राप्त भएको थियो ।


    तेस्रो आँखा