• ट्रेण्डिङ्ग :
उत्तराखण्डमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो

उत्तराखण्डमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो


  • 4.6K
    SHARES
    • कार्तिक २०, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.1K Views

    उत्तराखण्डमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो

    काठमाडौं, २० कात्तिक  । भारतको उत्तरी राज्य उत्तराखण्डमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरूले बताउनु भएको छ ।  

    images

    दुर्घटनामा परी घाइते भएका २४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने चार जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट ऋषिकेसको एम्समा लगिएको छ ।

    उत्तराखण्डको राजधानी देहरादुनबाट २५९ किलोमिटर पूर्वमा अल्मोरा जिल्लाको मर्चुला क्षेत्रमा बस पहाडी सडकबाट चिप्लिएर दुई सय मिटर गहिरो खाडलमा खसेको थियो । जिल्लाअधिकारीकाअनुसार यात्रुबाहक बस गढवालको पौरीबाट कुमाउको रामनगर जाँदै गर्दा करिव ६० जना सवार थिए ।

    दुर्घटना लगत्तै पुलिस र उत्तराखण्ड राज्य आपदा प्रतिक्रिया बलले दुर्घटनास्थलमा उद्धार कार्य शुरु गरेको थियो ।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको म्याजिस्ट्रेट छानबिनको आदेश दिएको र दुर्घटनामा जिम्मेवार अधिकारीहरूलाई निलम्वन गर्न निर्देशन दिइएको बताउनु भएको छ ।

    धामीले दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई करिव ४ हजार ७ सय ५५ अमेरिकी डलर र प्रत्येक घाइतेलाई १ हजार १८८ अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने घोषणा पनि गर्नु भएको हाे ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुुभएको छ । 

    मोदीले पनि प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई करिव २ हजार ३७७ डलर र प्रत्येक घाइतेलाई करिव ५ सय ९४ डलरको आर्थिक राहत दिने घोषणा गर्नु भएको छ ।

     


    तेस्रो आँखा