• ट्रेण्डिङ्ग :
दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ


  • 2.8K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.3K Views

    दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

    कैलाली २१ कात्तिक । कैलालीमा दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–४ को तखरे निवासी ६५ वर्षीय लालबहादुर बुढामगर रहेको प्रहरीले जनाएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोराले बुढामगरलाई उनको घर नजिकैको चैतडा सामुदायिक वनको खोल्सोमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

    प्रहरीले लोड गरेर राखेको अवस्थामा दुई नाल भरूवा बन्दुक, झोलाभित्र लुकाएर राखेको चार वटा फलाम र चार वटा सिसाको गोली गरेर आठ वटा गोली र अन्दाजी दुई सय ग्राम बारुद समेत बरामद गरेको छ । बुढामगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा