• ट्रेण्डिङ्ग :
अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि ट्रम्प जित नजिक

अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि ट्रम्प जित नजिक


  • 2.5K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.9K Views

    अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि  ट्रम्प जित नजिक

    काठमाडौं, २१ कात्तिक । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित नजिक पुग्नुभएको छ ।

    images

    राष्ट्रपति पदका अर्का प्रत्याशी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ट्रम्पलाई कडा चुनौती दिनुभएको छ । ट्रम्प यसअघि एक(पटक राष्ट्रपति पदमा चुनाव जितिसकेका र एक/पटक हारेक उम्मेदवार हुनुहुन्छ । 

    यो समाचार तयार पार्दासम्म ट्रम्पले २६७ इलेक्टोरल मत जित्नुभएको छ । उहाँको प्रतिस्पर्धी ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । धेरै राज्यहरूमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्व राष्ट्रपति ट्रम्प विजयी भएपछि उहाँको जित सन्निकट भएको हो । अमेरिकी मतदाताले चुनावमा मतदान गरेर प्रत्यक्ष रूपमा राष्ट्रपति चयन गर्दैनन् । त्यसैले अमेरिकामा चुनावी नतिजा स्पष्ट हुन केही समय लाग्नेगर्छ ।

    सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बन्नुभएका ट्रम्प सन् २०२० मा डेमोक्रेटिकका उम्मेदवार जो बाइडनसँग पराजित हुनुभएको थियो । अहिले तेस्रो पटक चुनावी प्रतिस्पर्धामा रहनुभएका ट्रम्पलाई पुनः अमेरिकी राष्ट्रपतिको जिम्मेवारी काँधमा आउने करिब सुनिश्चित भएको छ । 

    अमेरिकी उच्च सदन (सिनेट) मा रिपब्लिकन पार्टीले बहुमत ल्याइसकेको छ । पार्टीले चार वर्षपछि सिनेटमा आफ्नो सङ्ख्या बहुमतभन्दा माथि पुगाएको अमेरिकन मिडियाले समाचार प्रकाशन गरेका छन् । सदनमा रिपब्लिकन पार्टीको ५१ र डेमोक्रेट पार्टीको ४९ सांसद कायम रहने देखिएको छ । जित सुनिश्चित भएसँगै ट्रम्पले मतदातालाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ । 


    तेस्रो आँखा