• ट्रेण्डिङ्ग :
इजरायलको राजदूतमा पण्डित नियुक्त

इजरायलको राजदूतमा पण्डित नियुक्त


  • 2.1K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.2K Views

    इजरायलको राजदूतमा पण्डित नियुक्त

    काठमाडौं २१ कात्तिक । इजरायलको राजदूतमा धनप्रसाद पण्डितलाई नियुक्त हुनु भएको छ ।  संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पण्डितलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्का अधिकारीले जानकारी दिनुभयो । 

    images

    गत साउन १४ गते मन्त्रिपरिषद्ले विभिन्न १८ देशको राजदूत सिफारिस गरेको थियो। उक्त सिफारिसका क्रममा पण्डितलाई इजरायलका लागि सिफारिस गरेको थियो ।

    इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित सूचना आयोगको कसुरदार भएकाले उनलाई राजदूत बनाउन नमिल्ने भन्दै समितिमा उजुरी परेको थियो । उक्त उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफलपछि गत असोज ३ गते नियुक्तिका लागि अनुमोदन गरेको थियो । 


    तेस्रो आँखा