• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा डोनाल्ड ट्रम्पलाई बधाई

राष्ट्रपति पौडेलद्वारा डोनाल्ड ट्रम्पलाई बधाई


  • 2.0K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.1K Views

    राष्ट्रपति पौडेलद्वारा डोनाल्ड ट्रम्पलाई बधाई

    काठमाडौं, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । पौडेलले बुधवार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पलाई बधाई दिनुभएको हो  ।

    images

    राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिएको बताउनुभएको छ ।

    ‘राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई,’ उहाँले लेख्नुभएको छ,  ‘अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालको सफलताको शुभकामना । तपाईँको कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु ।’


    तेस्रो आँखा