• ट्रेण्डिङ्ग :
सेर्नाका सय जना जेष्ठ नागरिकलाई कांग्रेसले गर्यो सम्मान

सेर्नाका सय जना जेष्ठ नागरिकलाई कांग्रेसले गर्यो सम्मान


  • 13.6K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 20.9K Views

    सेर्नाका सय जना जेष्ठ नागरिकलाई कांग्रेसले गर्यो सम्मान

    ओखलढुंगा,१८ फागुन । नेपाली कांग्रेसले चिशंखुुगढी गाउँपालिका वडा नं ५ का एक सय जना जेष्ठ नागरिक सम्मान गरेको छ । वडा भित्रका ७५ वर्षभन्दा माथिका एक सय जना जेष्ठ नागरिकलाई सम्मान गरिएको कांग्रेस चिशंखुगढी गाउपालिकाले जनाएको छ । 
    सामाजिक र राजनीतिक रुपान्तरणका लागि जेष्ठ नागरिकले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै मार्गदर्शकका रुपमा उनीहरुलाई सम्मान गरिएको कांग्रेस चिशंखुुगढी गाउँपालिका सभापति गोपालमान थापाले बताए । अगुवा कार्यकर्ता भेटघाट तथा ज्येष्ठ नागरिक सम्मानका लागी राखिएकाे कार्यक्रममा केन्द्रीय सदस्य द्धय प्रदीप कुमार सुनुवार र रामहरी खतिवडाको समेत उपस्थिति थियो ।
    ज्येष्ठ नागरिकलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता प्रदीप सुनुवारले पुराना पुस्ताले जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गरेको कांग्रेसलाई सबै मिलेर शशक्त र गतिशिल बनाउनु पर्ने बताए ।  सबै स्थानीय तहमा कांग्रेसले चुनाव जित्ने दावी गर्दै उम्मेदवार छनोटको अधिकार वडास्तरमै रहेकाले विवादरहित ढंगले उमेद्वारी छनोट गर्न अग्रह गरे । पार्टी जिताउन एक ढिक्का भएर लाग्न सबै नेता कार्यकर्ताहरुलाई उनले निर्देशन दिए । 

    images

    केन्द्रीय सदस्य रामहरि खतिवडाले अबको बिकल्प कांग्रेस नै भएकाले आउँदो निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुने दावी गरे । देशमा अहिले एमसीसीको मुद्धाले नागरिकस्तर सम्म नकारात्मक प्रभाव पारिएको भन्दै एमसीसी परियोजनाले देश विकासमा सहयोग गर्ने बताए ।  यो नितान्त विकास परियोजना भएकाले सडक र विद्युतिकरणमा सहयोग पुग्नेगरी कांग्रेसको सरकारले देश र जनताको हितमा हुनेगरी संझौता पारित गरेको बताए  । 

    कार्यक्रममा प्रदेश १ समिति सदस्य सविता राइ, जिल्ला सभापति तेजन खनाल (तेजेन्द्र), कांग्रेस नेता बालकृष्ण दाहाल, महाधिवेशन प्रतिनिधि खिलानाथ दाहाल, रुद्रप्रसाद अधिकारी, नवीन राई, नेता टेकराज भट्टराई, जिल्ला उपाध्यक्ष कमल तामाङ, जिल्ला सचिव राजकुमार ढुंगाना, ओखलढुंगा क क्षेत्रीय सभापति सन्तोषबाबु थापालगायतका नेताहरुको सहभागीता रहेको थियो । पार्टीलाई आगामी तिनै तहको निर्वाचनमा पहिलो बनाउनका लागि सबै एकजुट भएर आफ्नो उमेद्वार जिताने अभियानमा लाग्ने प्रतिवद्धता समेत जनाएका छन् । 

    गत निर्वाचनहरुमा विद्रोही उमेद्वार बनेका नेताहरुलाई समेत जिल्ला पार्टीले कारबाही फलुकुवाको  सिफारिस गरिसकेको छ । बैशाख ३० को स्थानीय निर्वाचनमा टिम नहेरी  जनतामाझ पपुलर नेताहरुलाई उमेद्वार बनाउन सुभेच्छु तथा काग्रेस समर्थकहरुले सुझाव दिदै आएका छन् । पार्टीलाई तीनवटै निर्वाचनमा पहिलो बनाउनका लागी टिकट वितरणमा पार्टी नेतृत्वले गुटगत कुरालाई त्यागेर पार्टी हितमा हुनेगरी योजना बनाउनुपर्ने पुराना नेतादेखि आम कार्यकर्ताहरुको सुझाव छ । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस चिशंखुगढी

  • तेस्रो आँखा
    लेखकबाट थप