• ट्रेण्डिङ्ग :
होसियार !

होसियार !


  • 7.2K
    SHARES
    • कार्तिक २४, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 11.0K Views

    होसियार !

    समुन्द्री छाल सुनानी अनि हुरि बतास जतिबेला आउन सक्छ
    हामीले बुनेका सुन्दर मानव सेवा स्वार्थमा अनायास उडाउन सक्छ 

    images

    निस्वार्थी विचार हृदयमा बसाल्नु सबैको हित होला 
    हदैसम्मको स्वार्थ लाई समयमै बुझौं पछुतो नहोला

    बगैंचाको एउटा रुखमा रोग किटानुले प्रभाव पार्‍यो होसियार 
    संसार रुपान्तरणको नारा, झुठो कर्ममा लगाउन  नपरोस् होसियार 

    राप्ती नदिको पवित्र जल जत्तिकै मिठा आश्वासन सधैं आउनेछ 
    व्यक्तिगत हो कि सामाजिक सकारात्मक परिवर्तनमा सतर्क बन्नुछ

    लक्ष्य विहीन नेतृत्वले सबै थोक बनाउने होइन भत्काउन सक्छ 
    हाम्रो होशियार बिना अमृत, बाँदरको हातमा नरिवल हुन सक्छ 

    शिक्षित भनिने कागजधारी अमानवीय रूपमा अधिकार खोज्लान् 
    संस्कार शब्दमा सिमित राखी धोका दिई स्वयं पनि पछुतोमा पर्लान् 

    समर्पण श्रद्धा सक्कली गुण हो सम्पर्क हुँदै पहिचान गरौं 
    मानवीय मुल्य मान्यता गुम्ला घटिया व्यक्तिको साथ त्यागौं

    देख्दादेख्दै नजर मोड्छन्  नव धनाध्य महाशय सधैं 
    नाता कुटुम्ब समेत बिर्सन्छन् भौतिक संसार प्यारो सधैं 

    आफैंले आफुलाई सिध्याउने आत्मघाती खेल हामी नखेलौं
    सुरदुर्लभ मानव काया खेलवाड सम्झी कौडिमा नफालौं

    ओठे प्रेम गर्दै  हरपल सहयात्री बन्ने कसम खानेसँग होसियार 
    आश्रय नपाउँदा सम्म मरेको बिरालो जस्तै आँटमा दाँत हुनेसँग होसियार


    श्रीराम दहित
    लेखकबाट थप