• ट्रेण्डिङ्ग :
आईसीसी महिला टी–ट्वान्टी क्रिकेट : नेपालले आज भुटानको सामना गर्ने

आईसीसी महिला टी–ट्वान्टी क्रिकेट : नेपालले आज भुटानको सामना गर्ने


  • 7.0K
    SHARES
    • मंसिर ७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    आईसीसी महिला टी–ट्वान्टी  क्रिकेट : नेपालले आज भुटानको सामना गर्ने

    काठमाडौँ,मंसिर ७ ।
    आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ ।

    images

    दुबईको आईसीसी क्रिकेट एकेडेमीमा दुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे देखि सुरु हुनेछ । यस अघि हिजो भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

    भुटान दोस्रोे जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।

    छनोट अन्तर्गत नै नेपालले बिहीबार कुवेत, शुक्रबार मलेसिया र आइतबार आयोजक यूएईसँग प्रतिष्पर्धा गर्नेछ ।

    नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न योसहित बाँकी सबै खेल जित्नुपर्नेछ । हङकङले बाँकी खेलमा कम्तीमा एक म्याच हारेको खण्डमा नेपालको यात्रा सहज हुनेछ । 


    तेस्रो आँखा