डडेलधुरा २९ कात्तिक । नेपाली काँग्रेस डडेलधुराले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको स्वागतका लागि उपस्थित हुन उर्दी जारी गरेको छ । बिहीबार गृह जिल्ला डडेल्धुरा जान लाग्नु भएकी राणालाई भव्य स्वागतको तयारी गरिएको छ ।
जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै फूल मालासहित डडेल्धुरा बसपार्कमा जम्मा हुन कार्यकर्तालाई उर्दी जारी गरेको हो ।
पार्टी सभापति भीमबहादुर साउँदले बुधवार विज्ञप्ति निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूल मालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई आदेश गरेका हुन् । परराष्ट्र मन्त्री राणालाई डडेल्धुरा बसपार्कमा भेला भएर स्वागत गर्ने कार्यक्रम छ
