• ट्रेण्डिङ्ग :
कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा

कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा


  • 3.1K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.8K Views

    कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा

    कैलाली, २९ कात्तिक । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    images

    पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

    प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएका भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित भएको नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले बताउनुभयो ।

    जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

    सो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।


    तेस्रो आँखा