• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो


  • 2.8K
    SHARES
    • कार्तिक ३०, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.2K Views

    रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

    गण्डकी, ३० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।

    images

    रुपन्देहीमा उनीसँग बयान लिइएपछि उनलाई फेरी पोखरा लगिएको हो ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लामिछानेलाई पोखरा लगिएको हो । रुपन्देहीमा उनको बयान सकिएको छ ।


    लामिछानेलाई कास्कीबाट मंगलबार भैरहवा लगिएको थियो । बुटवलको सुप्रिम सहकारी रकम ठगी प्रकरणमा लामिछानेसंग तीन दिन बयान लिइएको थियो ।

    सहकारी संस्था ठगिको अरोपमा यही कार्तिक २ गते पार्टी केन्द्रिय कार्यालय बन्स्थलीबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । लामिछानेमाथि चौथो पटक म्याद थपिएर अनुसन्धान भइरहेको छ ।

    लामिछानेमाथि सहकारी ठगि,संगठित अपराध एवं सम्पत्ती शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।


    तेस्रो आँखा