• ट्रेण्डिङ्ग :
मेरी आमालाई

मेरी आमालाई


  • 4.6K
    SHARES
    • मंसिर १, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 7.1K Views

    मेरी आमालाई

    मेरी आमालाई अहिले घाउ लागेको
    बम बन्दुकले क्षत विक्षत छाती भित्र सन्तानको माया जागेको छ  
    मान्छे मान्छ कै रुप देखेर भागेको छ
    आन्दोलन, युद्ध परिवर्तन भन्ने शब्दले सिमा नाघेको
    तर पनि अन्याय, अत्याचार आतंकमा मोज भोज गर्नेहरुलाई के थाहा
    माटोले रगत होईन
    निलो आकाशले एक जोडी सेता परेवा मागेको

    images

    मेरी आमालाई अहिले घाउ लागेको
    फोहोरी ति झिंगाहरुलाई औंसा पार्ने दाउ लागेको
    कुपोषीत स्याल फ्याउराहरुलाई त्यहि पनि खाउँ खाउँ लागेको
    बेला कुबेला भुक्ने भुस्याहा कुकुरहरु कै महंगो भाउ लागेको
    तर पनि अर्काको रगत पसिनामा रजाँई राजनिती गर्नेलाई के थाहा
    नेपाली जनताले हत्या हिंसा होईन
    शान्ती स्वतन्त्रताको स्वच्छ, सास फेर्न चाहेको

    मेरी आमालाई अहिले घाउ लागेको
    लासै लासको खात देख्दा भित्रैबाट जिउने आशा भागेको
    मुर्छित न्याय नेतृत्वको विषाक्त अनुहार टुलुटुलु हेरेर थाकेको
    हातमा झण्डा डण्डा हुनेहरुसंग प्राणको भिख मागेको
    तर पनि सृजना सारा ध्वस्त पारेर बिध्वंसको सृजना गर्नेलाई के थाहा
    यो धर्ती आकाशले चित्कार होइन
    बुद्धको सन्देशसंगै मंगल धुन खोजेको


    लोक राज डाँगी
    लेखकबाट थप