• ट्रेण्डिङ्ग :
गाजामा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु

गाजामा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु


  • 3.1K
    SHARES
    • मंसिर ३, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.7K Views

    गाजामा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु

    एजेन्सी,३ मंसिर । गाजा पट्टीको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले जनाएको छ ।

    images

    इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बेइट लाहियामा धेरै आवासीय भवनहरूमा आक्रमण गर्दा ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ ।

    नुसेरात र अल–बुरेइज शिविरमा भएको बम आक्रमणमा २४ जनाको मृत्यु भएको मिडिया कार्यालयले जनाएको छ। आक्रमणमा करिब ६० जना घाइते भएका छन् भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।

    लक्षित भवनहरूमा दर्जनौँ विस्थापित नागरिकहरू बसेका थिए । जसमा अधिकांश बालबालिका र महिलाहरू थिए ।


    तेस्रो आँखा