• ट्रेण्डिङ्ग :
अनुरोध !

अनुरोध !


  • 2.8K
    SHARES
    • मंसिर ८, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.3K Views

    अनुरोध !

    अनुरोध छ हजुर, दृष्टिको वाण चलायो भन्ने नठान्नु होला  
    सत्य यात्रा गर्दागर्दै हतियार प्रयोग भयो भन्ने नठान्नु होला 

    images

    आत्मीय रूपमा अरु कसैलाई बसालेको छौ रे नभन्नु होला 
    पहिलो प्रेम मातृभुमीसंग दोस्रो प्रेम कमि भयो कि शंका नगर्नु होला 

    युगौं-युग हृदयमा राखी सहयात्रा गर्ने वाचा-कसम  किन खायौं ?
    पश्चिमी शिक्षा संस्कारको दम्भले वियोगमा परेली किन रुझायौं ?

    सेवा कर्ममा लाग्दै गर्दा तन मनमा थोरै शक्ति क्षय भयो होला 
    राष्ट्रसंग प्रेम सद्भाव  साट्दा बिर्सी जाने निष्ठुरी नठान्नु होला 

    भोको पेटलाई चौरासी व्यन्जन, सिस्नु ढिँदो कुन मिठो नसोध्नु होला 
    आत्मीय रूपमा दिएको भोजन नखाएरै अघायो कि भन्ने नठान्नु होला 

    आँधी तुफान बन्नु छैन महोदय, कसैलाई क्षति पिडा हुने गरि 
    अँध्यारो समाजमा ज्ञानको प्रकाश भोको पेटमै उज्यालो हुने गरि

    खरिद-बिक्री व्यावसाय जस्तो मात्रै सम्बन्ध कसैसँग नगाँस्नु होला 
    मानव काया प्राप्तिका लागि देवता लोभिन्छन् आश्चर्य नमान्नु होला 

    लोभ मोह अहंकार दम्भका कारण सृष्टि दुखित हुन नदिऔं
    नशाले गर्छ सर्बनाश हाम्रो, तर शिक्षित विद्वान् वकालत गर्दै सदिऔं

    खोजी गरौं प्यासी बनी सत्य प्रेमको भकारी कहाँ छ ?
    थोरै भए पनि सितलता प्राप्ति हुनेछ, “म को हुँ” प्रश्न जहाँ छ !


    श्रीराम दहित
    लेखकबाट थप