• ट्रेण्डिङ्ग :
सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि


  • 2.3K
    SHARES
    • मंसिर १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.5K Views

    सेयर बजारमा दोहोरो अंकको वृद्धि

    काठमाडौं १० मंसिर । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ८३ अंकले बढेर २६८३ दशमलव २४ को विन्दुमा पुगेको छ ।

    images

    ३०९ कम्पनीका ६५ हजार ८ सय २४ पटकको कारोबारमा १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७ रुपैयाँ रहेको छ ।

    सोमबार ६७ कम्पनीको सेयर मूल्य घट्दा १६९ वटाको बढेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये निर्माण कम्पनी र म्युचुअल फण्ड बढेको छ भने अन्य राताम्मे छन् । आज नगदी ग्रूप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।


    तेस्रो आँखा