• ट्रेण्डिङ्ग :
सर्वोच्चको बोर्डमा कालो मसी फ्याँक्ने यादव पक्राउ

सर्वोच्चको बोर्डमा कालो मसी फ्याँक्ने यादव पक्राउ


  • 2.3K
    SHARES
    • मंसिर ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.5K Views

    सर्वोच्चको बोर्डमा कालो मसी फ्याँक्ने यादव पक्राउ

    काठमाडौँ ११ मंसिर । सर्वोच्च अदालतको बोर्डमा कालो मसी फ्याक्ने बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफूमाथि पतिले घरेलु हिंसा गरेको भन्दै न्यायको मागसहित आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी बिनु यादवले मंगलबार सर्वोच्चको बोर्डमा मसी फ्याके पनि पक्राउ परेकी हुन् ।

    images

    मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रदीप कठायतसँग काठमाडौँमा चिनजानपछि प्रेम सम्बन्ध हुँदै विवाह गरेकी उनले आफूमाथि प्रदीपले घरेलु हिंसा गरेको भन्दै अदालतमा मुद्दा हालेकी थिइन् ।

    तर, अदालतका न्यायाधीशले घुस लिएर आफूले पतिसँग सम्बन्ध विच्छेद गर्नुपर्ने फैसला गरिएको भन्दै उनी त्यसको विरोधमा उत्रिएकी हुन् । यसअघि पनि विरोध प्रदर्शनका क्रममा यादव पटक पटक पक्राउ पर्दै आएका थिइन् ।


    तेस्रो आँखा