मलाई मनको खाँचो थियो
उसलाई धनको खाँचो थियो
तन दुबैको खाँचो होस या नहोस मधुर वचन दुबैको खाँचो थियो
तर मन परेको मान्छेले मुटु अन्तै बेचेको कुरा साँचो थियो ॥
सुन्दर मुहार भित्र मन उसको बाँझो थियो
माछो माछो भ्यागुतोको खेल बुझ्न नसक्ने दिमाग मेरो काँचो थियो
दरबार दुबैको होस या नहोस सुन्दर घरबार दुबैको खाँचो थियो
लुट्न सम्म लुटे पछि पिर पारेर गएको साँचो थियो ॥
म जस्तो हर कोहि हुँदैन, देख्नु पर्ने छाँगो थियो
कदम कदममा ख्याल राख्नु पर्ने उस्ले न समाउने हाँगो थियो
जित दुबैको होस या हार हुनु पर्ने बराबर दुबैको खाँचो थियो
ऊ आफै बस्या मुटुमा तीर हानेर गएको साँचो थियो ॥
कुल्चेर गई प्रेमको मुना ईश्वरको त्यो नाँसो थियो
न छुटिन सक्ने न जोडिन सक्ने कसिलो उस्को पासो थियो
सास दुबैको रहोस या नरहोस बिश्वास दुबैको खाँचो थियो
नाफै नाफाको बजारमा हजारसंग ऊ लिलाम चढेको साँचो थियो ॥
लोक राज डाँगी
