• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा ८.३० अंकको गिरावट

नेप्से परिसूचकमा ८.३० अंकको गिरावट


  • 2.4K
    SHARES
    • मंसिर १३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    नेप्से परिसूचकमा ८.३० अंकको गिरावट

    काठमाडौँ, १३ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार बजार परिसूचक ८.३० अंकले घट्दा समग्र परिसूचक २७४८.०५ विन्दुमा पुगेको हो । बिहीबार बजारमा ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images

    बजार सामान्य रूपमा घटे पनि बिहीबार मूल्य घट्ने कम्पनीको संख्या धेरै देखिएको छ ।  कारोबार भएका कम्पनीमध्ये बिहीबार १९७ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको मूल्य मात्रै बढेको छ । एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

    बजार घटे पनि बिहीबार व्यापारमूलक क्षेत्रमा ९.२५ प्रतिशतको उच्च वृद्धि भएको छ । विकास बैंक र जीवनबीमा उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य उपसूचक घटेका छन् ।

    बिहीबार बजारमा बुटवल पावर कम्पनी र विन नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्तको सेयरमा बिहीबार नकारात्मक सर्किट ब्रेकर लागेको छ । बिहीबार बजारमा एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भयो । कारोबार भोल्युमको आधारमा एक्सेल नै अघि रहँदा कारोबार संख्याको आधारमा मितेरी डेभलपमेन्ट बैंक अगाडि रहेको देखिन्छ । 


    तेस्रो आँखा