• ट्रेण्डिङ्ग :
दूध हो कि पानी ?

दूध हो कि पानी ?


  • 3.8K
    SHARES
    • मंसिर १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 5.9K Views

    दूध हो कि पानी ?

    जड-चेतनमय भगवानको रचना यो संसार
    गुण-दोष मिश्रणको जीवन आउँदैन बारम्बार 

    images

    अवगुण जति मोहमा परि अङ्गाली राख्यौं सधैं 
    दुध सम्झी अज्ञानवश पानीमै भुली रहेका छौँ कतै 

    पवित्र संस्कार विवाह आज दुई परिवारको मिलन खै 
    दाइजो रुपि धन देखाउने दाम्पत्य जीवनको प्रेमभाव खै

    दाइजो रूपी दानव परम्परा झाँगिदै छ आज 
    कन्या भ्रुण हत्या अनि जिउँदै नारी जल्दै आज

    ईच्छा शक्ति नहुँदा बहाना गर्दै महत्त्वपूर्ण समय खेर
    शुभ मुहुर्तको जञ्जालमा परि कर्म गर्न नगरौं अबेर

    ऋषि परम्परा अमृत वचन जन-जनमा  पुर्याऔं
    कुसंस्कार संग सधैं रहौं टाढा दुध-पानी छुट्याऔं

    श्रद्धा  का लागि मृतक भोज हो कि मनोरञ्जन गर्ने 
    आत्माको रोदन सन्तुलनमा ल्याउन  किन पाप गर्ने

    जो समृद्ध-सम्पन्न व्यक्ति छन् यहाँ अहंकार अब त्यागुन
    सर्बसाधारण निमुखा व्यक्ति कुसंस्कारको नक्कल नगरुन

    जहाँ दोष दुर्गुण व्याप्त देखिन्छ प्रतिरोध गरौं मिलि
    मानवीय उच्च गुण देखाऔं  सत्य कर्म गरौं नखिली

    आचरण जन्य होस् वा भौतिक रूपी भ्रष्टाचार सधैं  तिरस्कार
    ज्यान जाओस् वचन न जाओस् दुध-पानी छुट्याउने संस्कार


    श्रीराम दहित
    लेखकबाट थप