• ट्रेण्डिङ्ग :
जिन्दगीको सिकाइ

जिन्दगीको सिकाइ


  • 5.1K
    SHARES
    • मंसिर १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 7.8K Views

    जिन्दगीको सिकाइ

    जिन्दगीमा खुशी जोड्न सकियो
    दुःख घटाउन सकियो
    चार कोठाको मुटु भित्र  
    अट्न सकियो
    अटाउन सकियो
    दोबाटो मै छोडि जाने बैगुनीलाई
    दिल खोलेर पठाउन सकियो
    खै के खै के, सम्झनाको तरेलीमा व्यथै केवल मन डढाउन सिकियो  ॥

    images

    प्रेमको त्यो बलिबेदीमा
    तन चढाउन सकियो  
    मन बढाउन सकियो
    लत्रेको त्यो प्रेम कहानी
    दुनियाँका अगाडि शिर ठढाउन सकियो  
    तिता मिठा वितेका पल  
    काँडा भै मुटुबाट झिकेर हटाउन सकियो
    बुझ्दै जाँदा नियत उनको
    विस्तारै खुशीहरु केवल मन भित्रै सडाउन सिकियो

    बाटो अन्तै मोडे पछि  
    बादल फटाउन सकियो
    झरि खटाउन सकियो
    हार या जितको उस्को त्यो खेलमा.  
    जितेर लडाउन सकियो
    झल्को उसकै  
    याद उसकै
    विष पिएर निदाउन सकियो
    नशा पिएर बर्बराउन सकियो
    चिरा चिरा चिरिएको छाती
    घाइते मुटु लिएर केबल जीवन भर लर्खराउन सिकियो


    लोक राज डाँगी
    लेखकबाट थप