कालिकोट, १६ मंसिर । कालिकोटकाे तिलागुफा नगरपालिका वडा नं.४ काे अध्यक्षका लागि भएकाे निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । शाहीले नेकपा माओवादी केन्द्रका नैशाेभा शाहीलाई पछि पार्दै जित हासिल गर्नुभएको हाे ।
नेमकिपाका वडाध्यक्षका उम्मेदवार खडकराज शाही १४३ मत पाएर विजयी हुनुभएकाे छ । उहाँका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नैशोभा शाही ११५ ल्याउनु भएको थियोे ।
यहाँ एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाहीले १५ र राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले १५ प्राप्त गर्नुभएकाे छ ।
