• ट्रेण्डिङ्ग :
उपनिर्वाचन अपडेट : अहिलेसम्म ३७ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (सूचीसहित)

उपनिर्वाचन अपडेट : अहिलेसम्म ३७ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (सूचीसहित)


  • 7.8K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 12.0K Views

    उपनिर्वाचन अपडेट : अहिलेसम्म ३७ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (सूचीसहित)

    काठमाडौं, १७ मंसिर । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचनको हालसम्म ३७ स्थानको नतिजा आएको छ । 

    images


    नेपाली कांग्रेसले अहिलेसम्म १६ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ । माओवादी केन्द्र १ गाउँपालिका अध्यक्ष, १ नगरपालिकाको उपप्रमुखमासहित ६ वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक-एक स्थानमा जित हासिल गरेका छन् ।


    कहाँ कसले जिते ?
    काग्रेस विजयी (१६)
    रोल्पा रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्ष-भूपमणि पुन मगर
    दार्चुलाको दुहुँ-५ मा वडाध्यक्ष-धनसिंह कुँवर
    जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष -खम्बबहादुर सिंह
    रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्ष -मोतिराम खत्री
    बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडा वडाध्यक्ष -अमिन थारू
    डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष -मोहन थापा
    रौतहटको ईशनाथ नगरपालिकाको-७ को वडाध्यक्ष  -शेख अब्दुल खलिक
    गुल्मीको मुसिकोट-१ को वडाध्यक्ष -आनन्द श्रेष्ठ
    मकवानपुरको हेटौंडा-१२ को वडाध्यक्ष -अर्जुनप्रसाद तिवारी
    काठमाडौंको कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्ष -इच्छाकुमार महर्जन
    रौतहटको राजपुर नगरपालिका-६ को वडाध्यक्ष -समसे आलम
    बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष -धिरेन्द्र पुजारा
    तेह्रथुमको लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष (नगेन्द्र लिम्बू
    सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्ष -तेतर साहु
    कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष -प्रकाश चन्द
    काठमाडौंको कीर्तिपुर नगरपालिका-४ को अध्यक्ष-राजेन्द्र बानियाँ

    माओवादी विजयी(८)
    मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमो नारायण माझी
    जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा देवका लामिछाने
    गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष-विष्णुबहादुर मगर
    नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्ष  -कृष्ण घिमिरे
    उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष -नविनकुमार वान्तवा राई
    धनुषाको धनुषाधाम नगरपालिकाको-१ को वडाध्यक्ष  -सुनिल कुमार केवट
    डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्ष -नरबहादुर झाक्री
    रोल्पाको पुथा उत्तरगंगा-२ को वडाध्यक्ष -जगत घर्ती (निर्विरोध)

    एमाले विजयी (७) 
    ओखलढुंगाको मोलुङ गाउँपालिकाको-५ को वडाध्यक्ष -गंगाबहादुर तामाङ
    दैलेखको दुल्लु नगरपालिका-५ को वडाध्यक्ष -लालबहादुर शाही
    महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को अध्यक्ष -सकिबुल खाँ
    ताप्लेजुङको सिरिजंघा-३ को वडाध्यक्ष -कुमारी सावादेन
    कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को अध्यक्ष -मोहम्मद ताहिर मुसलमान
    दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष -जंगबहादुर शाही
    बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष -सुलोचना भण्डारी

    नेकपा एस विजयी (१)
    रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्ष-बजरंगीप्रसाद यादव

    जसपा विजयी (२)
    सप्तरीको डाक्नेश्वरी-४  को वडाध्यक्ष-देवेन्द्रप्रसाद यादव
    सप्तरीको डाक्नेश्वरी-१  को वडाध्यक्ष -धिरेन्द्रकुमार शाह

    रास्वपा विजयी (१)
    काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष  -रोजिना श्रेष्ठ

    नेमकिपा विजयी (१)
    कालिकोट तिलागुफा नगरपालिक-४ वडाध्यक्ष-खड्गराज शाही

    स्वतन्त्र विजयी (१)
    झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्ष-लक्ष्मीप्रसाद ओली


    तेस्रो आँखा