• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो


  • 2.3K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.6K Views

    नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

    काठमाडौं, १७ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।

    images

    आज तीन सय १४ कम्पनीको दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता शेयर एक लाख तीन हजार चार सय ८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ बराबरको कारोबार भएको छ ।

    बैङ्किङ शून्य दशमलव ५९, विकास बैङ्क एक दशमलव ७२, वित्त एक दशमलव ९७ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह नौ दशमलव ७० र होटल तथा पर्यटन समूह चार दशमलव ९९ प्रतिशतले बढेको छ ।

    त्यस्तै, जलविद्युत् शून्य दशमलव ६२, लगानी शून्य दशमलव ६०, जीवन बीमा एक दशमलव ९१, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४१ र निर्जीवन बीमा शून्य दशमलव २० प्रतिशतले बढेको छ ।

    तारा गाउँ होटल रिजेन्सी लिमिटेड, विशालबजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आठ दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ ।


    तेस्रो आँखा