काठमाडौं १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु भएको छ ।
सहारा चितवन सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेसँग सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा दोस्रो दिनको बयान सुरु भएको हो । लामिछानेसंगको बयान आज सक्ने तयारी रहेको बताइएको छ ।
