• ट्रेण्डिङ्ग :
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप


  • 2.8K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.3K Views

    चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप

    चितवन १९ मंसिर । सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ । बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।

    images

    रिहाइको माग गर्ने रविका समर्थकहरुले अहिले जिल्ला प्रहरी कार्यलय अगाडि प्रदर्शन गरी नाराजुलुस गरिरहेका छन् । जुलुसपछि ढुङ्गा प्रहार हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास अनि लठ्ठी प्रहार गरेका छन् । 

    उनीहरुले लामिछाने निर्दोष रहेको र राजनैतिक पूर्वाग्रहका कारण थुनामा रहेकाले निःशर्त छाडिनुपर्ने माग राखेर प्रदर्शन गरेका थिए । उता जिल्ला समन्वय समिति अगाडि निस्किएको सहकारी पीडितहरुको र्‍याली भने लामिछानेसहितका सहकारी ठगी आरोप लागेकाहरुलाई कारबाहीको माग गरेका छन् ।

     


    तेस्रो आँखा