• ट्रेण्डिङ्ग :
जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • 3.2K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.9K Views

    जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं, २० मंसिर । जाजरकोटको मध्यपहाडी लोकमार्गमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३-०१-०२३ च  ४७१९ न बोलेरो जीप भेरी नगरपालिका-१० नुवागाउँमा बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीकाअनुसार दुर्घटनामा जीपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू दुवैलाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो । तर अस्पतालका चिकित्सकले उनीहरूको मृत्यु घोषणा गरेका थिए ।

    मृतक दुवै जाजरकोटको भेरी नगरपालिका-७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा कार्यरत थिए । जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ । घाइते २३ वर्षीय कमल चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा लगिएको छ ।


    तेस्रो आँखा