• ट्रेण्डिङ्ग :
स्वयंसेवक दिवसका अवसरमा रानीघाट सरसफाई

स्वयंसेवक दिवसका अवसरमा रानीघाट सरसफाई


  • 2.2K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.4K Views

    स्वयंसेवक दिवसका अवसरमा रानीघाट सरसफाई

    दाङ २० मंसिर/ हरेक वर्षको डिसेम्बर ५ मा मनाईने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस यसबर्ष पनि दाङमा मनाईएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले स्वयसेवालाई अभियानको रुपमा बिकास गर्ने उदेश्यले तुलसीपुर स्थीत रानीघाटमा बिहीबार बिहान सरसफाई गरेको शान्ति समाजका केन्द्रिय सदस्य तुलसीराम सुनारले जानकारी दिनुभयो ।

    images

    शान्ति समाजले वर्षेनी यसदिवसलाई सामाजिक क्षेत्रमा स्वयंसेवाको भावका साथ सरसफाई, महिला स्वयंसेवीका, बिभिन्न क्षेत्रमा स्वयसेवाका साथ काम गर्दै आएका संघसंस्थाहरुसँग नागरिक संवाद लगायतका कार्यक्रम गर्दै आएको केन्द्रिय सदस्य सुनारले बताउनुभयो । रानीघाटमा सरसफाई बिहान ८ बजेदेखि सुरु भएको थियो । सरसफाई कार्यक्रममा रानीघाट टोल बिकास संस्थाका पदाधिकारी, सदस्यलगायत स्थानीयहरुको उपस्थिती थियो ।  रानीघाटमा दाहसंस्कार अन्त्येष्टि पछि सरसफाई गर्ने आनीबानि नै नभएकाले फोहरको डुंगर मात्र हुने गरेको र जसका कारण समुदायमा वातावरणिय असर पर्ने गरेको छ ।

    सरसफाई कार्यक्रम पछि आयोजित कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, रानीघाट टोल बिकास संस्थाका अध्यक्ष उत्तमकुमार आचार्य र उपाध्यक्ष आनीमाया न्यौपाने, अमर बोडिङका अध्यक्ष केशरी प्रसाद अधिकारी, पुल्चोक टोल बिकास संस्थाका अध्यक्ष डल्लु चौधरी, समाजसेवी एकराज ढकाल र पिताम्वर आचार्य लगायतले सरसफाईको निरन्ताका लागि उपमहानगरपालिका र अन्त्येष्टिमा आउनुहुने सबै पक्षको सक्रिया भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

    शान्ति समाज दाङका सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा शान्ति समाजका निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सदस्य तुलसीराम सुनार, शाखा सदस्य ललित गुप्ता र आजिवन सदस्य संजोग गिरीको समेत सहभागिता रहेको थियो । संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ ।


    सुशील बस्नेत
    लेखकबाट थप