• ट्रेण्डिङ्ग :
जेष्ठ नागरिकसँग जन्मदिन मनाउँदा...

जेष्ठ नागरिकसँग जन्मदिन मनाउँदा...


  • 19.5K
    SHARES
    • फाल्गुण २१, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 30.1K Views

    जेष्ठ नागरिकसँग जन्मदिन मनाउँदा...

    हामी सानो हुँदा स्कुलमा गुरुले यहीँ सिकाउनु हुन्थ्यो 
    माता देवो भव
    पिता देवो भव
    गुरु देवो भव
    जसको अर्थ
    आमा भगवान सरह हुन
    बुवा भगवान सरह हुन
    र शिक्षक पनि भगवान् सरह हुन। यी सब कुराहरू पहिला-पहिला निकै मानिन्थ्यो शिरोपरी नै हुन्थे तर अहिले समय धेरै परिवर्तन भैसकेछ। हुन त बुवा आमालाई वृद्ध भएपछि वृद्धाआश्रम लगेर छोड्ने प्रथा कहिलेदेखि सुरु भयो त्यो त मलाई थाहा भएन तर मैले बुझ्ने भइसकेपछि मलाई यी कुराहरुले निकै भावुक बनाउँछन्। फागुन १८ गते मेरो जन्मदिन मैले २६ औं बसन्त पार गरेर २७ औं बसन्तमा पाइला टेके। मैले आजसम्मका जन्मदिनहरु मध्ये यति धेरै स्पेसल, यति धेरै खुसियालीसँग कहिले मनाएको थिएन।

    images

    हाम्रो एउटा परिवार जस्तै क्लब छ। रोट्याक क्लब अफ दाङ यसको माध्यमबाट हामीले विभिन्न सामाजिक कामहरु गरिरहेका हुन्छौं। नेतृत्व विकास व्यक्तित्व विकाससँगै विभिन्न सामाजिक कार्य गर्न स्थापना भएको यो संस्थाले विगतमा पनि धेरै सामाजिक कामहरु गरिसकेका छौ। गत वर्ष मात्र हामीले १५/२० वटा भन्दा बढी सामाजिक जनचेतना फैलाउने सामाजिक कार्यहरु गरिसकेको छौ। आगामी दिनहरुमा पनि निरन्तर गरिरहने छौ। हामीले केही दिन पहिलेदेखि फेरि एउटा नयाँ योजना बनाइरहेको थियौँ।

    मेरो जन्मदिन सँगै रोट्याक क्लबका अन्य साथीहरू को केही समय अघि पछि परेका जन्मदिनलाई पनि सँगै मनाउने निर्णय गर्याैं। म लगायत अरु ५ जनाको जन्मदिन फागुन महिनामै परेको रहेछ सबैले थोरै पैसा उठाएर केही सामाजिक काम गरौँ भन्ने निष्कर्ष निकाल्याैं। घोराही उपमहानगरपालिका वडा नं १६ तेरौटेस्थित वृद्धाआश्रममा गएर उहाँहरुलाई खाना खुवाउने र आवश्यक परेका सामाग्रीहरु उपलब्ध गराउने सोच बनायौ। मेरो घर त्यो वृद्धाआश्रमदेखि नजिकै पर्छ। म पहिले धेरै पटक एक्लै पनि गएको छु। त्यहाँका बुबा आमाहरुसँग केही समय बिताउँदा आफूले लगेर गएको  फलफूल उहाँहरु  बाँदेर खाँदा  निकै खुसी प्राप्ति हुन्थ्यो।

    IMG-20220301-WA0017.jpg

    हामी एकदिन अगाडि त्यहाँ पुगेर त्यहाँको व्यवस्थापन हेर्ने दिदीसँग भेटेका थियौँ। उहाँले अहिले आवश्यक परेको सामानहरु यीनी हुन  भनेर भन्नु भएको थियो। २० ओटा सिरानी, ग्यास चुलो, डस्टविन, वयट नाप्ने मेसिन, थर्ममिटर, झुल, प्रेसरको औषधि आदि सामानहरु किनेर ठिक्क पार्यौ। भोलिपल्ट हामी खाना खुवाउनलाई १२ बजे तिर त्यहाँ पुग्यौं। खानामा हामीले पुलाउ, तरकारी, अचार, साबुदानालगायतका परिकारहरु सबै मिलेर तयार बनायौ। हाम्रो टिममा विभिन्न क्षेत्रका मानिसहरु आवद्ध छौ। कोही बैंकर, विद्यार्थी व्यवसायी, डाक्टर, शिक्षक, खेलाडी सबै छौ। हाम्रो टिमका एक जना सबैका प्रिय मान्छे एकदमै मेहेनति अभियान गौतम, उनी होटल म्यानेजमेन्टको विद्यार्थी हुन्। उनले गर्दा हामीलाई खाना बनाउन धेरै सहज भएको थियो। हामी २१ जना गएका थियौँ। उहाँहरु १८ जना हुनुहुन्थ्यो ३९ जनाको लागि खाना  तयार गर्नु सामान्य कुरा थिएन। खाना तयार पारिसकेपछि अन्य साथीहरूले जन्मदिनको केक तयार पारेका रहेछन। सबै बुबा आमाहरुलाई बसालेरसँगै केक काट्यौ। कति जना त हिडडुल गर्न पनि नसक्ने हुनुहुदोरहेछ। उहाँहरुलाई आफ्नै कोठामा खाना लग्देर खुवायौ। बाँकी सबैसँग बसेर हामीले पनि खाना खायौं। एकछिन रमाइलो गर्नुपर्छ भनेपछि हामी उहाँहरुसँगै गित बजाएर नाच्न थाल्यौं।

    एक जना बुढीआमा आँखाभरि आशु बनाएर हामीसँगै नाचिरहनु भएको थियो। सायद आफ्नो छोराछोरी, नातिनातिना लाई सम्झेर होला। कस्तो निर्दयी होलान् उहाँहरुको छोराहरू यति प्यारी आमालाईसँगै राख्न सकेनन्। उहाँहरूको हात समाएर हामी सबै जना नाच्यौ एकछिनलाई भएपनि सबै दुख पिडालाई भुलाइदियौ। सबैले एकआपसमा जन्मदिनको शुभकामना आदानप्रदान गर्दै अन्त्यमा हामीले लगेको सामाग्रीहरु हस्तान्तरण गर्यौ र भारी मन बनाएर छुट्टियौ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने कृपया आमाबुबा भनेका भगवान् हुन उहाँहरूलाई सबै परिवारसँगै बसालौ धेरै माया गरौँ।

    हामीलाई तातेताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने आमा अनि सुरक्षा दिने बुवा। सायद हजुरहरुलाई शब्दले व्याख्या गर्न सकिन्न, अनि तपार्ईंहरुकाबारेमा केही लेख्न पनि सक्दिन। किनकी जति लेख्छु, त्यो सँधै कम हुन्छ। मेरो लागि आमा बुबानै यस जगतका जिउँदा भगवानहरु हुन्। म भगवान् सँग सधै एउटै प्राथना गर्छु सबैको आमालाई खुसी दिनुस, मेरी आमालाई आशिर्वाद ताकि मेरी आमा सधै अमर रहुन।

     


    समिर ओली
    लेखकबाट थप