• ट्रेण्डिङ्ग :
एकले अर्कोको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुँदैन : अर्थमन्त्री पौडेल

एकले अर्कोको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुँदैन : अर्थमन्त्री पौडेल


  • 1.9K
    SHARES
    • मंसिर २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 2.9K Views

    एकले अर्कोको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुँदैन : अर्थमन्त्री पौडेल

    काठमाडौं, २२ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनु भएको छ ।

    images

    शनिवार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

    उनले सरकार र निर्माण व्यवसायीहरुका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो रु भन्दै प्रश्न गर्नुभयो । 

    उहाँले एकले अर्काको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुन नसक्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायी र सरकारबीचको साझा अभिभारा देश निर्माण भएको बताउनु भएको छ।

    सरकार र निर्माण व्यवसायी बीचको सम्बन्ध ट्रयाक भन्दा बाहिर जान दिनु नहुने बताउनुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले वास्तविकतालाई बुझेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

    उहाँले बजेट वितरणमा धेरै समस्या रहेको बताउनु भयो । बिना अध्ययन र तयारीका आयोजनाहरुबाट देश बन्न नसक्ने बताए । बजेट वितरण प्रणालीमा निर्णायक सुधारको जरुरी रहेको उल्लेख गर्नुभयो ।


    तेस्रो आँखा