• ट्रेण्डिङ्ग :
बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई महिलाको मृत्यु

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई महिलाको मृत्यु


  • 2.5K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.8K Views

    बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई महिलाको मृत्यु

    धनगढी  २३ मंसिर । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।


    तेस्रो आँखा