• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीद्धारा दमकमा ‘भ्यु टावर’को उद्घाटन

प्रधानमन्त्री ओलीद्धारा दमकमा ‘भ्यु टावर’को उद्घाटन


  • 2.5K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.9K Views

    प्रधानमन्त्री ओलीद्धारा दमकमा ‘भ्यु टावर’को उद्घाटन

    झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३, दापगाछीस्थित ‘भ्यु टावर’ नामले चिनिने दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्नुभएको छ । 

    images

    दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दुरीमा पर्ने १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । यसअघि दमक भ्यु टावरका नामले चिनिएको उक्त कम्प्लेक्सलाई अहिले दमक व्यापारिक कम्प्लेक्स भन्न थालिएको छ । 

    चार बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।

    उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागीहरु हुनुहुन्थ्यो । प्रधानमन्त्री अ‍ोली दमक पुग्दा रास्वपाका नेता कार्यकर्ताले कालो झण्ड देखाउनुका साथै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले रास्वपाका केही नेता कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा