• ट्रेण्डिङ्ग :
युवासंघका नेता सन्तोष बस्नेतले भोकालाई भोजन गराएर जन्म दिन मनाए 

युवासंघका नेता सन्तोष बस्नेतले भोकालाई भोजन गराएर जन्म दिन मनाए 


  • 14.9K
    SHARES
    • फाल्गुण २१, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 22.9K Views

    युवासंघका नेता सन्तोष बस्नेतले भोकालाई भोजन गराएर जन्म दिन मनाए 

    काठमाडाैं,२१ फागुन । युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बस्नेतले गरिवलाई खाना खुवाएर जन्म दिन मनाएका छन् । उनले भोकालाई भोजन अभियान अन्र्तगत जन्म दिनको अवसरमा आज ७० जनालाई खाना खुवाएका हुन् । सडकमा भोकले छटपटाइरहेका गरिवहरुलाई काठमाडौंको नयाँ बसपार्क स्थित विजीमहल अगाडि जम्मा गरेर भोजन गराएको बस्नेतले बताए ।

    images

    भोकाहरुलाई भोजन गराउन जय माहाकाल युवा समुहले  समन्वय गरेकोमा बस्नेत उक्त समूहलाई धन्यवाद ज्ञापन गरेका छन् । यो क्लवले देशमा कोरोना महामारी सुरु भएपछि भोकले छटपटाइरहेका व्यक्तिहरुको पिडा मुक्त गर्न र उनीहरुको खाना पाउने अधिकार सुनिश्चित गर्न भोकालाइ भोजन प्यासीलाई पानी अभियान सुरु गरेका थिए ।  सामाजिक सेवामा निरन्तर लाग्दै आएका बस्नेतले आफ्नो जन्म दिनको अवरसमा भोकको पिडामा परेकाहरुलाई खाना खुवाएर आत्म सन्तुष्टि गराएको बताएका छन् ।

    जन्म दिनका नाममा अनावश्यक फजुल खर्च गर्दै आएको हाम्रो समाजमा सन्तोष जस्ता युवाहरु कमै रहेका छन् । उनले जन्म दिनमा टन्न पैसा कमाउनेहरुलाई बोलाएर पार्टी गराउनुको सट्टा  कयौं दिन देखि खान नपाएर सडक पेटीमा मा भोक भोकै लडिरहेका नागरिकहरुलाई एक छाक भएपनि खान दिएर पुण्य कमाएका छन् । धनीहरुलाई पार्टी खुवाउनु भन्दा गरिवीका कारण खान नपाएर सडकमा भौतारिइरहेका नागरिकलाई एक छाक भएपनि भोजन गराउदा आत्म सन्तुष्टि मिलेको बस्नेतले बताए ।  

  • सम्बन्धित विषय:

  • # सन्ताेष बस्नेत

  • तेस्रो आँखा
    लेखकबाट थप