• ट्रेण्डिङ्ग :
शान्ति, अमनचयन र मानवताको सुरक्षा गर्ने संयुक्त राष्ट्रसंघको सिद्धान्त : पाण्डे

शान्ति, अमनचयन र मानवताको सुरक्षा गर्ने संयुक्त राष्ट्रसंघको सिद्धान्त : पाण्डे


  • 5.6K
    SHARES
    • मंसिर २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 8.6K Views

    शान्ति, अमनचयन र मानवताको सुरक्षा गर्ने संयुक्त राष्ट्रसंघको सिद्धान्त : पाण्डे

    तुलसीपुर, २४ मंसिर । तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डेले शान्ति, अमनचयन र मानवताको सुरक्षा गर्ने संयुक्त राष्ट्रसंघको प्रमुख सिद्धान्त भएको बताउनु भएको  छ ।  सोमबार हिमाल ऐकेडेमीले आयोजना गरेको सयुक्त राष्ट्रसंघ महासभाको नमूना अभ्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पाण्डेले शान्ति, अमनचयन र मानवताको सुरक्षा गर्ने संयुक्त राष्ट्रसंघको प्रमुख सिद्धान्त भएको  बताउनु भएको हो ।

    images

    विश्वलाई नै शुरक्षित गर्नका लागि सयुक्त राष्ट्रसंघ स्थापना भएको उहाँले बताउनुभयो । आज भन्दा १०४ वर्ष अगाडि प्रथम विश्वयुद्धको सुरुवात भएको हो, हजारौं मानिसहरुले आफ्नो ज्यान गुमाएका थिए,उहाँले भन्नुभयो- दोस्रो विश्व युद्धपछि अन्तर्राष्ट्रिय शान्ति सम्मेलनबाट यसको अवधारणा आएको हो ।,

    5de0d4d2-dd22-476d-a8a1-495d8fbfe823.jpg

    निवर्तमान मेयर पाण्डेले मानवताको सुरक्षा गर्नुपर्छ भनेर विश्वका अगुवा व्यक्तिहरुको भेलामा सयुक्त राष्ट्रसंघले सन १९४८ डिसेम्बर १० मा विश्वव्यापीको रुपमा मानव अधिकारको घोषना गरेको जानकारी दिनुभयो । महिला पुरुष हुने कुरा प्रकृतिको नियम हो, उहाँले भन्नुभयो गरिवी, बेरोजगारी, फरक देश, जातजाति र भाषाका आधारमा विभेद गर्न पाइदैन् भन्ने सयुक्त राष्ट्रसंघको र मानव अधिकारको सिद्धान्त हो । उहाँले हामी सबै एउटै हो भन्ने सोचका साथ अगाडि बढ्नुपर्ने बताउनु भयो । 


    सयुक्त राष्ट्रसंघमा १९३ वटा देशले सदस्यता लिएका छन । उक्त देशहरुबाट एकएक जना प्रतिनिधिहरुलाई बोलाएर सम्मेलन गर्ने काम महासभाको हुने निवर्तमान मेयर पाण्डेले बताउनुभयो । विश्वमा जलवायु परिवर्तनको प्रवाह बढेर असन्तुलित वातावरण पैदा भई मानव जिवनमा असर पार्ने हानिकार उत्पन्न भएकाले सयुक्त राष्ट्रसंघले विश्व परिस्थीती प्रणालीका बारेमा शिखर सम्मेलन आयोजना गरेको उहाँले बताउनु भयो ।

    कार्यक्रमका विशिष्ट अतिथी तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारीले आफु उपमहानगरको वन तथा वातावरण संयोजक भएकाले संयुक्त राष्ट्र संघको आयोजना कोप-२९ मा सहभागी भएको बताउनुभयो । उहाँले नेपालको वातावरणको लागि विश्वले नै सहयोग गरिरहेको बताउनु भयो ।

    5f8ba369-64ea-40a4-851d-9cf52dc734bc.jpg

    उक्त अवसरमा वरिष्ठ सहजकर्ता तथा अधिकारकर्मी सुशील बस्नेतले संयुक्त राष्ट्रसंघ आफ्नै महत्त्व बोकेको संस्था भएको बताउनुभयो । संयुक्त राष्ट्रसंघले नै घोषणा गरेको मानव अधिकार दिवस, हामीले मनाउदै आएका छौं उहाँले-भन्नुभयो,हामीले  लैंगिक हिंसा बिरुद्ध अन्तर्गत १६ दिने अभियान मनाउदै आएका छौं ।

    0e4ba6fb-527e-45c9-8b7e-8214612cb382.jpg

    तुलसीपुर नगर जेसिजका अध्यक्ष पुर्ण बिक्रम डाँगीले समाजको असल नेतृत्वका लागि सफल व्यक्ति हुन जरुरी रहेको बताउनुभयो । विद्यार्थीहरुको सोच र क्षमतालाई वृद्धि गर्ने उदेश्यका साथ संयुक्त राष्ट्रसंघ महासभाको नमूना अभ्यास कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

    64775b0b-a7b6-4793-8fcb-65b9b5ab6305.jpg

    यसैबीच हिमाल ऐकेडेमी तुलसीपुरले नमूना संयुक्त राष्ट्रसंघ महासभाको नमूना अभ्यास कार्यक्रम गरेको छ । हिमाल ऐकेडेमी कक्षा ११ मा अध्ययनरत छात्रा प्रशंसा केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । हिमाल एकेडेमीका प्रध्यानाध्यापक मदुसुधन केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण शिक्षक नविन प्राजुलीले गर्नुभएको थियो ।


    रुपा थापा
    लेखकबाट थप