• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट


  • 2.2K
    SHARES
    • मंसिर २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.4K Views

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

    काठमाडौँ, २५ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार १२.८४ अंकले घटेको बजार मंगलबार ६.३२ अंकले घटेको हो । 

    images


    मंगलबार कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको हो । 

    मंगलबार १४८ कम्पनीको मूल्य घटेको छ । ८५ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकमका हिसाबले मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको १८ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    मंगलबार जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतले बढ्यो । त्यस्तै बढी कारोबार भएको एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको मूल्य ९.९० प्रतिशतले घटेको छ ।   


    तेस्रो आँखा