एजेन्सी २६ मंसिर । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक-योलको कार्यालय र त्यसलाई सुरक्षा दिने प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले यो जानकारी दिएको छ ।
सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ। यो प्रहरी कारबाहीलाई राष्ट्रपति युन सुक-योलले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा भएको बताइएको छ ।
योनहापको रिपोर्टका अनुसार छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् । गत हप्ता मंगलबार र बुधबारको बीचमा, दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलले देशमा मार्शल ल लागू गरेका थिए ।
