• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


  • 2.1K
    SHARES
    • मंसिर २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.3K Views

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं २७ मंसिर । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ । ‍बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

    images

    बैठकमा पुस २ देखि सुरू हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुनेछ । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को दुईपटक स्थगित भएको राष्ट्रिय सम्मेलनका विषयमा पनि छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।   

    विद्यार्थीहरूबीच विवाद र कुर्ची हानाहान भएपछि  स्थगित भएको सम्मेलन मंसिरको २३ र २४ गते गर्ने भनिएको थियो। तर तयारी नपुगेको र निर्वाचनको मोडालिटी पनि टुंगो लगाउन बाँकी रहेकाले फेरि स्थगित भएको थियो । बैठकमा पालिकाहरूमा गर्ने भनिएको खबरदारी सभा, पालिका सम्मेलन लगायतका विषयमा पनि छलफल हुनेछ ।


    तेस्रो आँखा