• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा पाँच देशमा नेपाली राजदूत नियुक्त

राष्ट्रपतिद्वारा पाँच देशमा नेपाली राजदूत नियुक्त


  • 4.0K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 6.1K Views

    राष्ट्रपतिद्वारा पाँच देशमा नेपाली राजदूत नियुक्त

    काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशमा राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो । 

    images

    सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज नियुक्त भएकाहरुको केही समयअघि नै संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भइसकेको थियो ।

    8-28__आवासीय-राजदूत-नियुक्ति_2081-scan_20241213_ucWFXn7UEu.webp


    तेस्रो आँखा