काठमाडौँ, २९ मंसिर । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज० को १५ औँ वार्षिक साधारण सभा एवं सातौँ महासभामा बोल्दै उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताउनु भएको छ।
मन्त्री गुरुङले राजस्व सङ्कलनमा समस्या आएको स्वीकार गर्दै भन्नुभयो , ुअर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन। भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो, र आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्याएको छ।ु उहाँले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएका बताउनु भएको छ।
उहाँले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको र सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्। उहाँले भन्नुभयो , ुयो सरकार उत्तरदायी देखिन्छ, तर अझै प्रयास गर्न बाँकी छु,मन्त्री गुरुङले आर्थिक सङ्कटको प्रमुख कारण नियमनकारी निकायहरूको कठोर नीतिलाई आरोप लगाउँदै भने,ुसहजीकरण गर्नुपर्ने अवस्थामा कठिन नियमन काम गलत हो।ु
यस्तै, नेपाल आर्थिक पत्रकार सङ्घका अध्यक्ष मोदनाथ ढकालले पत्रकारहरूको क्षमता वृद्धिका लागि तालिम र छलफलहरूको महत्त्वमा जोड दिएका छन् र यसका लागि आवश्यक सहयोगको अपिल गर्नुभयो । यसैबिच, शारदादेवी–ढुण्डीराज पुरस्कारका दाता रमेशकुमार भट्टराई र नाफिज–सीबीफीन बैकिङ पत्रकारिता पुरस्कारका दाता सिविफिनका अध्यक्ष उपेन्द्र पौडेलले पत्रकारिताको महत्त्व र वर्तमान अवस्थाबारे आ(आफ्नो धारणा व्यक्त गर्नुभएको छ ।
