आजकल त म जाजरकोट र रुकुमपश्चिम जस्तै गर्ल्यामगुर्लुम ढलेको छु
टेकासो तिम्रो साथको पाए लर्खराउदै उठ्ने मन थियो
राहतको आशमा तिम्रो मायाको रित्तो रित्तो प्याला लिएर गलेको छु
उडि नआउनु छिन भर उडेरै फेरि जानुछ भने
नुन र भुटन बिनाको भान्सामा आगो बिना नै जलेको छु
तिम्रा सुकिला तस्बिरहरुको के काम
म मलामीलाई पर्खेर चिहान कुर्दै ढलेको छु ॥
कैयौं गुलाबी उमेर मैन खामोसंगै ढल्दा
तिम्रा त चोटिला यादसँग बिक्षिप्त भै गलेको छु
एक थान सपना बुनेर भोलिको उज्यालो नदेख्दै काल बनेको त्यो रात पछि
मखमली र सयपत्रीसंगै खुशी लुटाएर मुर्छित भै ढलेको छु
सम्झनै नसक्ने चित्कार चिथोरेर लगिदे देव
जिउने रहर सबै मारेर उनिसंगै जलेको छु
आफ्नै पीड त कति हो कति कठै ! म उस्को देखेर झनै खलेको छु ॥
लोक राज डाँगी
