काठमाडौं, ३० मंसिर । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई रनको लक्ष्य दिएको छ । आइतबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको हो ।
अब काठमाडौं ब्याटिङमा उत्रिँदैछ । प्लेअफको सम्भावना कायम राख्न काठमाडौंलाई यस खेलमा ठूलो जित आवश्यक छ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।
