• ट्रेण्डिङ्ग :
अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता


  • 1.8K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 2.8K Views

    अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

    डडेल्धुरा ३० मंसिर । नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो । पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही रु एक हजार प्रदान गरिएको हो ।

    images

    त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ । भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो । रासस


    तेस्रो आँखा