• ट्रेण्डिङ्ग :
एनपिएल : विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित

एनपिएल : विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित


  • 3.1K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.8K Views

    एनपिएल : विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित

    काठमाडौं, ३० मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ ।

    images

    आइतबार भएको खेलमा विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजले १ विकेटको रोमाञ्चक जित निकालेको हो । जितका लागि १ सय १८ रनको लक्ष्य पाएको काठमाडौं गुर्खाजले १८.१ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।

    काठमाडौंको जितमा प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान दिए । शंकर रानाले नटआउट १६ रन जोडे । राशिद खानले १४ रन बनाउँदा गेर्हार्ड इरास्मसले १२ रन जोडे ।

    माइकल लेविटले १० रनको योगदान दिए भने दिपेश कँडेलले नट आउट ११ रनको शानदार पारि खेले । स्टीफन एस्किनाजी, डेनियल डथवेट र भीम सार्कीले समान १–१ रन बनाए । शाहब आलम ३ रनमा आउट हुँदा कप्तान करण केसी शून्य रनमा पेभिलियन फर्किए ।

    बलिङमा भने विराटनगरका कप्तान सन्दीप लामिछानेले सार्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान २–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो ।

    विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।

    विराटनगरका लागि लोकेश बमले आठ, सुवास भण्डारीले छ, इस्मत आलमले पाँच र क्रिस सोलले एक रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको छ ।

    बलिङतर्फ काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, दिपेश कँडेलले दुई विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक÷एक विकेट लिए ।


    तेस्रो आँखा