काठमाडौं, ३० मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा पोखरा एभेन्जर्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जित निकालेको छ ।
आइतबार भएको खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिमले शानदार जित दर्ता गरेको हो । जितका लागि १ सय ५४ रनको लक्ष्य पाएको पोखराले निर्धारित १९.४ ओभरमा विकेट गुमाउँदै १ सय ४८ रन मात्रै बनाउन सक्यो ।
जितसँगै सुदूर ६ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहँदै सुदूरपश्चिमले प्लेअफमा पनि स्थान पक्का गरेको छ । यससँगै सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ ।
