• ट्रेण्डिङ्ग :
पोर्चुगलमा रहेका नेपालीमा फुटबलको आकर्षण बढ्दो

पोर्चुगलमा रहेका नेपालीमा फुटबलको आकर्षण बढ्दो


  • 1.9K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.0K Views

    पोर्चुगलमा रहेका नेपालीमा फुटबलको आकर्षण बढ्दो

    लिस्बोन, १ पुस । फुटबलको राजा मानिने रोनाल्डोको देश भनेर चिनिने युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल आकर्षण बढ्दो छ । पोर्चुगलको बेजा जिल्ला अन्तर्गत शान्त्वनिया मा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक संस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताउनु भयो । 

    images

    विशेषगरी नेपाली युवाहरुको आकर्षणको केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई खेलको माध्यमबाट गोलबन्द गर्ने उदेश्यले खेल सन्चालन गरिएको पाण्डेले बताउनु भयो । पछिल्लो समयमा नेपाली एजेन्सीको  रुपमा स्थापित ग्रेब जबले आयोजना गरेको उक्त खेलमा प्रथम हुनेलाई ३ हजार युरो अर्थात झन्डै चार लाख भन्दा धेरै प्रदान गरिने छ भने दोस्रो हुनेलाई दुई लाख भन्दा धेरैको पुरस्कार राशी राखिएको संस्थाले जनाएको छ ।

    एजेन्सीले हरेक बर्ष पाँच सय भन्दा धेरै नेपाली युवाहरुलाई रोजगारी दिंदै आएको छ । यस क्षेत्रमा हुने खेलहरुमा नेपालीहरुको राम्रै उपस्तिथि हुन्छ तर बिशुद्ध नेपालीहरुकै खेलको रुपमा ग्रेब जबले आयोजना गरेको यो खेललाई लिन सकिन्छ यो खेलले नेपालीहरुको भाईचारामा टेवा पुगेको सान्त्वनियामा बस्दै आउनु भएका फनिण्द्र ठकुरीको धारणा छ ।

    उक्त अवसरमा बोल्दै प्रविण शाहीले यस खालको खेलको आयोजना गर्दा नेपाली दाजुभाइहरुसँग परिचय हुने, एकजुट भई अघि बढ्न सहयोग पुग्ने बताउनुभयो । 


    दीपक भण्डारी
    लेखकबाट थप