• ट्रेण्डिङ्ग :
संसदीय गतिविधिलाई जनतामाझ पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : सभामुख घिमिरे

संसदीय गतिविधिलाई जनतामाझ पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : सभामुख घिमिरे


  • 2.0K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.1K Views

    संसदीय गतिविधिलाई जनतामाझ पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : सभामुख घिमिरे

    काठमाडौं, १ पुस । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

    images

    संसदीय मामिला पत्रकार समाजले आज आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारिता स् अवधारणा र अभ्यास’ विमोचन गर्दै उहाँले संसदीय गतिविधिलाई जनतामाझ पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गर्नुभयो । ‘हामीले सञ्चार क्षेत्रको यही महत्वलाई आत्मसाथ गर्दै लबी पत्रकारिताका लागि नियमावलीमा प्रबन्ध गरिसकेका छौँ, त्यही आधारमा कार्यविधिसमेत बनाइ’, सभामुख घिमिरेले भन्नुभयो ।

    शासन प्रणालीका केही कमजोरीलाई देखाएर व्यवस्थामाथि नै प्रश्न उठाइएका बेला यसबारे जनतालाई स्पष्ट पार्ने जिम्मेवारी सञ्चार क्षेत्रको पनि भएको उहाँको भनाइ थियो ।

    राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजद्वारा प्रकाशित पुस्तक संसदीय विषयमा जानकारी राख्ने र स्वयम् सांसदका लागि पनि उपयोगी रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘पुस्तकमा नेपालको संसदीय प्रणालीको खुलापन र विश्वमा यसको अभ्यासबारे थप विषय आउन सकेको भए अझ राम्रो हुने थियो ।’

    अध्यक्ष दाहालले आलोचना जहिले पनि रचनात्मक हुनुपर्ने र त्यसले दिने सन्देश पनि सकारात्मक हुनुपर्ने धारणा राख्नुभयो । उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले सत्य र सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नुपर्ने र जनतालाई दिने सूचना दुरुस्त हुनुपर्ने उल्लेख गर्नुभयो ।

    सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले नेपालको संसदीय इतिहासलाई समृद्ध बनाउन सचिवालयले अनुसन्धानका कार्य सुरु गरेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा वरिष्ठ पत्रकार हरिबहादुर थापा र जगत नेपाल, राष्ट्रियसभाका पूर्व सचिव राजेन्द्र फुयाँल, समाजका अध्यक्ष मनोज सत्याल, समाजका पूर्व अध्यक्ष नारायण काफ्ले र संसद् सहयोग परियोजनाका राष्ट्रिय परियोजना व्यवस्थापक दिलादत्त पन्तले नेपालको संसदीय अभ्यास, इतिहास, पुस्तक समीक्षा, संसदीय गतिविधि र सञ्चार क्षेत्रको भूमिकालगायत विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।


    तेस्रो आँखा