काठमाडौं, १ पुस / प्रहरीले सुनसरीबाट करिब १ सय २६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका-१७ बाट १ सय २३ किलो ३९० ग्राम अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान १७ निवासी ३१ वर्षीय धनबहादुर भण्डारीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा ७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजासहित उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी चितवनको रत्ननगर नगरपालिका १० निपनी चोकबाट २ किलो ८६४ ग्राम अवैध लागूऔषध गाँजासहित सोही ठाउँका ४६ वर्षीय सरद लम्साललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
