रुकुम १ पुस । रुकुमपश्चिमको बाँफिकोटमा एक पुरुषको शव फेला परेको छ । बाँफिकोट –२ कुनाखेतमा रुकुमपूर्वको पुथा उत्तरगंगा –५ हुकाम घरभइ रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ पातुखोला बस्ने ४७ वर्षिय लिलाबहादुर घर्तीको शव सोमबार दिउँसो फेला परेको हो ।
मेला हेर्न भनेर गएका घर्तीको शव मेला लाग्ने स्थानभन्दा करिब तीनसय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घर्तीको शव सानीभेरी किनारमा फेला परेको हो । घर्तीको मृत्यु के कारणले भएको हो भन्ने बारेमा केही खुलेको छैन् ।
