• ट्रेण्डिङ्ग :
धनुषामा गोली प्रहारबाट एक युवक घाइते

धनुषामा गोली प्रहारबाट एक युवक घाइते


  • 8.6K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    धनुषामा गोली प्रहारबाट एक युवक घाइते

    काठमाडाैं,२२ फागुन । धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

    images

    कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको बस्नेतले बताए । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिए प्रहरीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डीएसपी बस्नेतले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप