• ट्रेण्डिङ्ग :
कर्णालीले चितवनलाई १७६ रनको लक्ष्य दियो

कर्णालीले चितवनलाई १७६ रनको लक्ष्य दियो


  • 1.8K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 2.8K Views

    कर्णालीले चितवनलाई १७६ रनको लक्ष्य दियो

    काठमाडौं ३ पुस । नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरको खेलमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो । 

    images

    कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम वासिस्टो अर्धशतकीय पारी खेले । ओपनर कोल्सावालाले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । विलियम वासिस्टोले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाउँदै सोहिल तान्भिरबाट पाँचौं विकेटको रूपमा पेभेलियन फर्किए । 

    कर्णालीले पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरको पहिलो बलमा डक आउटको रूपमा गुमायो । दोस्रो विकेट ४.६ ओभरमा जिसन मक्सुदको गयो। मक्सुदले १२ बलमा १ चौकार १ छक्कासहित १४ रन बनाएर शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए । 

    त्यस्तै तेस्रो विकेट जयकिसन कोल्सावालाको गयो । उनले ३९ बलमा ६ चौका र २ छक्कासहित ५३ रन बनाउँदै रवि बोपाराको बलमा शरद भेषवाकरको हातमा क्याच भए । चौथो कर्णालीका लागि गुल्सन झा डक आउट भए । पाँचौं विकेटका लागि विलियम वासिस्टो र चाड्विक वाल्टनले ६७ रनको साझेदार गर्दै कर्णालीको मिडल अर्डर बलियो बनाए । 

    त्यस्तै छैटौं विकेटका रूपमा देव खनाल रन आउट भए । चाड्विक वाल्टन ४६ रन र सोमपाल कामी शून्यमा अविजित रहे । चितवनका लागि सोहिल तनवीरले सर्वाधिक २ विकेट लिए । कुशल मल्ल, रवि बोपारा र शरद भेषवाकरले समान १/१ विकेट लिए ।


    तेस्रो आँखा